जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एसईईको नतिजा बिहीबारसम्म आउने 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबारसम्म आउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारसम्म अन्तिम नतिजा निकाल्ने तयारी भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारले बिहीबारसम्म नतिजा निकाल्नेगरी अन्तिम तयारी भइरहेको जानकारी दिए । नतिजा पुरानै
माध्यमहरूबाट, एनटीसी मोबाइल, एसएमएस तथा बोर्ड र पनिकाको वेभसाइटमार्फत् हेर्न सकिनेछ ।

वैशाख ९ देखि २० गतेसम्म भएको एसईई परीक्षामा ५ लाख १४ हजार ७६० विद्यार्थी सहभागी थिए ।