जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एकदिवसीय विश्वकममा १४ र टी–ट्वान्टीमा २० टिमले खेल्ने पाउने

एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिम र टी–ट्वान्टी २० टिमले सहभागिता जनाउने भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको हो ।

आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ । आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आइरहेका थिए । त्यस्तै टी–ट्वान्टी विश्वकपको टिमको संख्या बढाएर २० टिम बनाइएको छ ।

यसअघि टी–ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आइरहेका थिए ।  आईसीसीले २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

त्यस्तै सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले गरेकाे छ ।