जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एएफसी एसियन कप छनोटमा आज नेपालले लेबनानसँग खेल्ने

ताजकिस्तानमा जारी तेइस वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।

एएफसी एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपालले लेबनानसँग खेल्न लागेको हो । दुबै टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ हुनेछ ।

किनभने दुबै टोली आफ्ना अघिल्ला दुई खेलमा हारपछि प्रतियोगिताबाट बाहिरिसकेका छन् । छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० ले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा घरेलु टोली ताजकिस्तानसँग ६–० ले हारेको थियो । समूहको पुछारमा रहेको नेपाल अंकविहीन रहँदा लेबनानले पनि कुनै जोडेको छैन । लेबनान तेस्रो स्थानमा छ ।

यस समूहमा ६ अंक जोडेको ताजकिस्तान शीर्ष स्थानमा छ । छनोट अन्तर्गत ११ समूहको शीर्ष टोलीले एएफसी अण्डर(ट्वेन्टी थ्री एसियन कप खेल्ने छन् ।

यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि २३ वर्ष मुनिको एसियन कपमा छानिने छन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।

रिपब्लिकन सेन्ट्रल रंगशालामा आजको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे शुरु हुनेछ ।