जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उपसभामुखमा गठबन्धनको तर्फबाट पुष्पा भुसाल गौतम विजयी

प्रतिनिधिसभाको उपसभामुखमा गठबन्धनको तर्फबाट पुष्पा भुसाल गौतम विजयी हुनु भएको छ ।

उपसभामुख चयनका लागि आज भएको मतदानमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी भुसाल निर्वाचित हुनु भएको हो । भुसालले १४८ मत ल्याउँदा एमालेकी विद्या भट्टराईलाई ९३ मत प्राप्त गर्नु भएको छ ।

संसदको आजको मतदान प्रक्रियामा जम्मा २४२ जना सांसदको उपस्थिति रहेको थियो । एक जना भने तटस्थ बसेका थिए ।

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो । अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् ।