जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मोडलिङमा उदाउँदै गरेका सुमनको दमदार नृत्य रहेको गीत “साह्रै माया लाउनी ” सार्वजनिक

जन्मभुमि खबर ,
पोखरा ।

हिन्दुहरुको महान चाड तिज आउन अब मात्र सैतिस दिन मात्र बाकी छ । तर बजारमा असार सुरु नहुदै बजारमा तिजगितहरु धमाधम सार्बजनिक भैसकेका छन ।

यसैविच स्मृति स्नेहा इन्टरटेगमेन्ट प्रस्तुतिमा रहेको यस बर्षको पहिलो तिज गित ‘साह्रै माया लाऊनी’ भखर्रै मात्र सार्वजनिक भएको छ । गितमा निर्माणकर्ता भने राजेन्द्र खत्री हुन् ।

चर्चित गायक राजन कार्की र गायिका देवी घर्ति मगरको स्वरमा रहेको गितको लय शब्द सृर्जना गायक स्वयम राजन कार्कीकै रहेको छ भने गितमा विनोद बाजुरालीको संगित संयोजन रहेको छ । निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा मायालु जोडीहरुको माया प्रेमको विषयस्तु दर्शाइएको छ । गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

स्मृति तिमिल्सिना गुरुआमाको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा  सुमन केसी र पार्वति केसीको अभिनय संगै नृत्य समावेश रहेको छ ।

मौलिक र उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई  सुरेश श्रेष्ठले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गरेका छन् । गित स्मृति स्नेहा इन्टरटेगमेन्ट अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :