जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आफ्नै बच्चालाई हत्या गरेको आरोपमा अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ परिन गिता

जन्मभुमि खबर
पोखरा ।

कास्कीमा आफ्नै नवजात शिशुको हत्या गरेको आरोपमा १ जना महिला पक्राउ परेकी छिन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ नौडाँडा बस्दै आएकी २२ वर्षीय गीता कुँवर ४२ दिनको आफ्नै नवजात शिशुलाई हत्या गरेको आरोपमा पक्राउ परेकी हुन् ।

उनी बाग्लुङको ढोरपाटन नगरपालिका वडा नमबर ३ घोसाखानीकी स्थायी बासिन्दा भए पनि पक्राउ परेको स्थानमा बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले हिजो बिहीबार पक्राउ गरेको हो । पक्राउ परेकी कुवँरलाई कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तरगत जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।