जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज हरितालिका तिज

हरितालिका तीज पर्व हिन्दु महिलाहरुले महादेवको पूजा आराधना गरी मंगलबार मनाउँदैछन्।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ। हिजो (सोमबार) दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व बिहीबार ऋषि पञ्चमीसम्म मनाइन्छ।

तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका पोख्ने पर्वका रुपमा समेत लिने गर्छन्। तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ।

यो दिनमा शिव मन्दिर र शिवालयहरूमा महिला दर्शनार्थीको विशेष भीड लाग्छ।