जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

असाेज १७ गते दशैं विशेष कालरात्रि कार्यक्रम हुने

विवेक न्याैपाने
नेपाली हरुको महान चाड विजयादशमी को पावन अवसर मा समस्थ नेपाली जन मा सुख शान्ति समृदि एवं उत्तरोत्तर प्रगति को कामना गर्दै प्रतिभा प्रगति युवा क्लवले वर्षेनी जसो आयोजना गर्दै आएको दशै विशेष कालरात्रि कार्यक्रम यस वर्ष पनि
गर्ने भएको छ ।

दशै विशेष कालरात्रि कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत हुनेछन । स्थानिय कलाकारकाे विशेष प्रस्तुति समेत रहने छ । कार्यक्रमका आकर्षणमा शुभकामनाआदानप्रदान ,नृत्य,हास्यव्यङ्गय,नेवारीसमुदायको सँस्कृति झल्काउने लाखे नाच आदि हुने छन ।

यहि असाेज १७ गते आइतवार शुक्ला गण्डकी आधारभूत विद्यालय प्राङगणमा अपरान्ह १२ बजे देखि कार्यक्रम संचालन हुने संस्थाका अध्यक्ष विष्णु वहादुर रानाभाटले जानकारी दिनु भएकाे हाे ।