जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

७ दिनका लागि बाग्लुङ बजार बन्द रहने।

बाग्लुङ।                                                                     समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि बाग्लुङ बजार क्षेत्र एक हप्ताका लागि बन्द हुने भएकाे छ ।जिल्ला प्रशासन कार्यालय बाग्लुङमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकले सोमबार राति १२ बजेदेखि कात्तिक २४ को राति १२ बजेसम्म लागू हुने गरी बजार क्षेत्रमा रहेका बाग्लुङ नगरपालिकाका चारवटा वडामा बन्द गर्ने निर्णण गरेको हो।

नगरपालिकाको वडा नं. १, २, ३ र ४ क्षेत्रमा समुदाय तहमा कोरोना सक्रमण पुष्टि भएपछि बन्द गर्न आइतबार बाग्लुङ नगरपालिकाले सिफारिस गरेको गरेको थियो । सोहीअनुसार सर्वपक्षीय बैठकले एक हप्ताका लागि उक्त निर्णय गरेर जिल्ला सुरक्षा समितिलाई पठाएको छ । जिल्ला सुरक्षा समितिले सदर गरेपछि कार्यान्वयनमा जाने बताइएको छ ।

बैठकले अत्यावश्यकबाहेकका सार्वजनिक यातायात तथा बजार क्षेत्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिए।