जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

७१ वर्षीय वृद्धालाई जबरजस्ती गर्ने पोखरा १९ पुरन्चौरका घनश्याम पक्राउ

जन्मभुमि खबर  पोखरामा जबरजस्ती करणीको आरोपमा १ जना पक्राउ परेका छन् ।

७१ वर्षीय वृद्धमाथि जबरजस्ती करणी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १९ पुरन्चौर घर भएको ३४ वर्षीय घनश्याम गिरी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पक्राउ परेका गिरीले मंसिर ९ गते रातिको समयमा एक्लै बस्दै आएकी वृद्ध महिलाको घरमा जबरजस्ती घरमा पसेर करणीको प्रयास गरेका थिए ।

गिरी घटनाको भोलिपल्ट नै पक्राउ परेको प्रवक्ता हमालले जानकारी दिएका छन् । गिरीविरुद्ध जबरजस्ती करणी उद्योग कसुरमा जिल्ला अदालत कास्कीले ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हमालले बताएका छन् ।