जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

६५८८ मा पिसिआर गर्दा ७७६ जनालाई कोरोना

पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९ सय ४७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४० हजार ३ सय ३६ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६५८८ जनामा पिसिआर परीक्षण गरिएको थियो।