जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

६१३ कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७३९ जना संक्रमित निको भएका छन् भने थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४७ हजार ४०० जना पुगेको छ । हाल देशभर ७ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १८०८ पुगेको छ ।