जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

५ हजार १२ मा पिसिआर गर्दा ३१८ लाई कोरोना पुष्ठि

पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ ।