जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

४२१ जना कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा ४२१ कोरोना संक्रमित थपिएका छन् । योसंगै कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ३७ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५४ हजार ४९४ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल कुल सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ८७ पुगेको छ ।