जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

४० करोड लागतमा पोखरामा निर्माणाधीन विशाल महादेव मूर्ति जडान गरियो

जन्मभूमि खबर । पोखरामा  विशाल महादेव मूर्ति निर्माणस्थलमा महादेवको मूर्ति जडान गरिएको छ । पोखरा महानगरपालिका २२ स्थित पुम्दीकोटको विशाल महादेव मूर्ति निर्माणस्थलमा महादेवको मूर्ति जडान गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष  चन्द्रकान्त बरालले बताउनुभयो । विशाल महादेव मूर्ति निर्माण समितिका संयोजक समेत रहनुभएका बरालले बुधबार  महादेवको शिर भागको जटा जडान गरिएसँगै भगवान महादेवको पूर्ण आकृतिको मूर्ति स्थापना भएको  जानकारी दिनुभयो ।

अहिले पद्मासन शैलीमा महादेव विराजमान हुनुभएको छ , उहाँले भन्नुभयो ” अव त्रिशुल, डमरु र महादेवका बाहन नन्दीको जडान कार्य हुँदैछ । मूर्ति स्थापनासहित गणेशले परिक्रमा गरिरहेका १०८ शिव लिङ्ग, १०८ स्वर्गद्धारी सिंढी लगायतका संरचना निर्माण गर्दा १९ करोड रुपैया खर्च भएको बताउदै उहाँले तत्कालका लागि २ करोड रुपैया आवश्यक रहेको समेत जनाउनुभयो ।

“करिव ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ, थप ५० प्रतिशत निर्माण कार्यका लागि २०/२१ करोड रकम आवश्यक रहेको छ ” – उहाँले भन्नुभयो । थप निर्माण कार्यको लागि संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सँग कुरा राखेको बताउदै उहाँले सहयोग गर्न चाहनुहुने सहयोगी मनहरुलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।