जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

४०३ मा कोरोना संक्रमण, ४०५ भए निको

पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो।

 

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ सय ५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ४३ पुगेको छ।