जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

३ लाख सहित ३ जना जुवा खालबाट पक्राउ

महोत्तरी ।
महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिका ६ स्थित बाँसघारीमाजुवा खेलिरहेका तीन जनालाई महोत्तरी प्रहरीले शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ७ बस्ने ४० वर्षीय बिनोद कुमार साह, सोही उमेरका सरोज कुमार साह र ३५ वर्षीय सन्तोष कुमार साह छन् ।

जुवा खेलिरहेका उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश विष्टले जानकारी दिए ।
जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बलवा र अस्थायी प्रहरी पोष्ट सरपल्लोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्दै नौ थान कौडासमेत बरामद गरेको छ ।

उनीहरुमाथि जुवा मुद्दामा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।