जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

३ जना बालकहरुलाई यौन दूराचार गराइरहेको अवस्थामा फ्रान्सेली नागरिक पोखराबाट पक्राउ

जन्मभुमि खबर। तीनजना बालकहरुलाई यौन दूराचार गराइरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फेवा पावर हाउसबाट एक जना फ्रान्सेली नागरिकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

फेवा पावर हाउसस्थित फुर्सेखोला बगर किनारबाट प्रहरीले गैर पर्यटकीय भिसामा रहेका फ्रान्सेली नागरिक ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको हो। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ती फ्रान्सेली नागरिकलाई आबश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाएको बताइएको छ।

पोखरा महानगरपालिका खहरेमा बस्दै आएका उनले १२ वर्ष, ८ वर्ष र ७ वर्षका गरी ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला पारेको प्रहरीको दावी छ । उनीविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। उद्धार गरिएका नाबालकलाई भने अभिभावकको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ ।