जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

४ हजार ९ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा ३ सय ४८ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ४१ जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार २५९ पुगेको छ। हाल सम्म सक्रिय कोराना संक्रमितका संख्या ३ हजार ७ सय ६४ रहेको छ ।