जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

३३६ जना कोरोना संक्रमित थपिए, थप ४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय २६ जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ। हाल सम्म सक्रिय कोराना संक्रमितका संख्या ३ हजार ७ सय ९९ रहेको छ ।