जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२७० जना कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

काठमाडौ । नेपालमा शुक्रबार थप २ सय ७० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । त्यस्तै मंगलबार थप ३ सय ९० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ६० हजार ५६७ जना संक्रमित निको भएका छन् । कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ ।
हाल नेपालमा २ सय ३१ जना क्वारेन्टिनमा रहेका छन । अहिले देशभर ४ हजार ३ सय १ जना सक्रिय संक्रमित रहेका छन ।