जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण, १० को मृत्यु, ५२७ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ४८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९२ महिला र २९६ पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख  ६५ हजार २६८ पुगेको छ । जसमध्ये २ लाख ५८ हजार ९६८  जनाले कोरोना जितेका छन् । सोमबार थप ५२७ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय २७ पुगेको छ । सोमबार मात्रै थप १० जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ छ ।  यस्तै २३७  जना क्वारेन्टिनमा छन् भने ४ हजार ३७३ जना आइसोलेसनमा छन्।

नेपालमा अहिलेसम्म १ लाख ८७ हजार ५५५ जनाको पीसीआर परीक्षण भएको छ । सोमबार मात्र ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमध्ये ४८८ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार  कोरोनाका गम्भीर १६३ जनाको आइसीयूमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।