जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२० घण्टाका शिशुमा कोरोना पुष्टि ,गण्डकी प्रदेशमा ३९१० जना संक्रमित

पोखरा ।                                                                             पोखरामा ३१ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९१० पुगेको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ  ४४ जना संक्रमित पुष्टि भएका छन्।
कास्की जिल्ला, पोखरा महानगरपालिका स्थित वार्ड प्रहरी कार्यालय, रामबजारमा कार्यरत ४ जना पुरुष र ३ जना महिला गरि ७ जना नेपाल प्रहरीका रहेका छन्। बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिकामा कार्यरत ३ जना पुरुषहरु नेपाल आर्मीमा र २ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् भने बाग्लुङ नगरपालिका, वार्ड नं ११ का ३३ बर्षीय पुरुष सार्बजनिक सबारी साधन चालक हुन। बाग्लुङ जिल्ला, जैमिनी-७ का दुबैजना, लमजुङ जिल्लाका एकजना, पोखरा महानगरपालिका-५, १०, ६, १७, ८ र १६ १/१ जना गरि ६ जना भारतबाट र गोरखा जिल्लाका १ जना पर्सा जिल्लाबाट आई क्वारेन्टाइनमा बसेेका  हुन। अन्य  सबैजना contact tracing बाट पहिचान भएका हुन्।