जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१६ हजार बढी अलपत्र परेका नागरिकलाई खाना खुवाएको पौरखीको दावी

कमल पौडेल अथक
पोखरा १६, बैशाख ।

विश्वव्यापी कोरोनाको कहरमा पोखरामा स्वतःस्फूर्त रुपमा स्थापना गरिएको पौरखी स्वयं सेवी समूहले १० दिनको अवधिमा १६ हजार बढी अलपत्र परेका नागरिकलाई खाना खुवाएको दावी गरेको छ ।
गत वैशाख ६ गतेदेखि पोखराको जिरो किलोमिटर स्थित शान्तिनगर बैंक्युटमा खाना वनाएर वितरण गर्दै आएको संस्थाले सोमवारदेखि सो खाना वितरणको काम समापन गरेको हो ।
समापन कार्यक्रममा वोल्दै पौरखीका अगुवा राजु तिमिल्सिनाले यो अभियानवाट प्रत्यक्ष रुपमा ८ हजार घर परिवार लाभान्वीत भएको वताए । विभिन्न दाताले दिएको चामल र तरकारी पकाएर वाटोमा अलपत्र परेका मानिसलाई खाना खुवाउने काम चानेचुने नभएको उनले दावी गरे । यस वाहेक पोखराका विभिन्न स्थानमा राहत सामग्री समेत उपलव्ध गराएको उनले वताए ।
कतिपयले त महानगरले दिएको भात हामीले किन खान नपाउने भन्दै मुड्की वजारे । तर वास्तविकता त्यस्तो थिएन । भोको मान्छेले यो रहस्य वुझ्ने कुरा पनि भएन उनले भने । तर महानगरले हामीलाई केही पनि दिएन । बोली दिएर पेट भरिँदैन उनले भने ।


समापनका अवसरमा समाजसेवी प्रेमवहादुर जिसीले पौरखी समूहमा आवद्ध भएर सेवा गर्ने सवै सहभागी धन्यवाद ज्ञापन गरे । सो अवसरमा पौरखीका अभियान्ताहरु जनकराज पराजुली, विष्णुप्रसाद पौडेल, प्रजापति अधिकारी लगायतले अलपत्र नागरिकलाई खाना वितरण गर्दा आफूले व्योहोरेका अनुभव सुनाएका थिए ।।