जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१२५५ कोरोना संक्रमित थपिए, थप २५ को मृत्यु

जन्मभुमि खबर,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।   योसंगै  कुल कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १२ हजार २५९ पुगेको छ ।