जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१०१४ कोरोना संक्रमित थपिए, थप २० जनाको मृत्यु

जन्मभुमि खबर ,काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ६ सय २८ जना संक्रमणमुक्त भएका छन । योसंगै अहिलेसम्म कुल दुई लाख २७ हजार ४ सय ३३ जना संक्रमित निको भएका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १७ लाख ९० हजार ७ सय ३९ पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले क्वारेन्टिनमा ५ सय २७ जना बसिरहेका छन । पछिल्लो २४ घन्टामा थप २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट हालसम्म १ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।