जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

होमस्टे सम्बन्धि केहि जानकारी

 


आजकल नेपाल घुम्न आउने पर्यटकहरू बजारका विसाल होटल को सुविधाजन्य कोठामा होइन, गाउँलेले बनाएको खरको छानोमा रात बिताउन मनपराउछन । गाउँलेको भान्सामा जे–जे पाक्यो त्यही खान चाहन्छन। गाउँलेको जीवन संस्कृति हेर्न मनपराउछन । सहरको डिस्कोथेमा होइन गाँउ घरका आँगनमा नाच्न चाहन्छन । पर्यटकको रोजाइ अब बजारका होटेल होइन, हिमालयवरपरका पहाडी धरातलमा उभिएका घर, गोठ, आँगन मनपर्न थालेका छन । त्यही बसाइ नै होमस्टे हो ।

गण्डकी प्रदेशले २७२ सामुदायिक होम स्टेलाई प्रति सामुदाय होम स्टे रु १० लाख दिने निर्णय गरेको छ ।
होमस्टे का प्रकार ः
१)सामुदायिक
२)व्यक्ति
यस अन्र्तगत सरकारले बढी मात्रमा सामुदयिक होमस्टेलाई प्रथामिकता दिने गर्दा छ ।
वर्ग का आधारमा होमस्टेः
‘क’ वर्गको होमस्टे हुन का लागि १८०० पाउन ल्याउनु पर्ने ,७५% स्थानिय खाना खुवाउनु पर्ने छ भने २५ हजार सामाजिक उत्तरदायित्व मा खर्च गर्नु पर्ने छ ।
‘ख’ वर्गको होमस्टे हुन का लागि १००० पाउन ल्याउनु पर्ने ,५०% स्थानिय खाना खुवाउनु पर्ने छ भने १००० हजार सामाजिक उत्तरदायित्व मा खर्च गर्नु पर्ने छ ।
‘ग’ वर्गको होमस्टे हुन का लागि ५०० पाउन ल्याउनु पर्ने ,३०% स्थानिय खाना खुवाउनु पर्ने छ भने ५ हजार सामाजिक उत्तरदायित्व मा खर्च गर्नु पर्ने छ ।

पर्यटन नीति २०६५ले गाउँलाई पर्यटनको उपकेन्द बिनाउने उद्देशय राखेको ले घर बास कार्य विधि २०६७ ल्याएको छ ।