जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जा मा घुससहित सवइन्जिनियर पक्राउ

जन्मभुमि खबर,स्याङ्जाबाट एकजना असिस्टेन्ट सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकामा कार्यरत सवइन्जिनियर भगवती राउत ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले भूकम्प पुनःनिर्माण लाभग्राहीको घर निर्माणको रकम निकासाबापत उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

भीरकोट नगरपालिका–१ बयरघारीबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।