जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जा जिल्ला अस्पतालका एक बिरामीमा कोरोना पुष्टि ,अस्पताल सिल।

स्याङ्जा ।                                                                स्याङ्जाका एक  जना कैदीमा कोरोना पुष्टि भएको छ।  उपचार गराउँन  जिल्ला अस्पताल स्याङ्जा गएका उनलाई कोरोना देखिए पछि  अस्पताल एक हप्तालाई सिल गरिएको छ ।

श्वासप्रश्वासमा  समस्या आएपछि  ६० वर्षे कैदीमा कोरोना पोजेटिभ देखिएकाले अस्पतालका सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील मरासिनीले जानकारी दिए ।

अस्पतालका सबैको कन्ट्याक ट्रेसिङ र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला सिसिएमसीले सिल गर्ने निर्णय गरेको उनले बताए ।

उनलाई  स्वास्थ्यमा समस्या देखिए पछि  गत शनिबार अस्पतालमा भर्ना गरिएको  थियो।उपचार गर्नै पर्ने बिरामी आए पिपिइ लगाएरै भए पनि उपचार गरिने उनले जानकारी दिए ।                         हाल स्याङ्जामा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेका छ । तीमध्ये २७२ जना निको भएर घर फिर्ता भएका छन् भने २ संक्रमितको मृत्यु भएको छ ।