जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जामा आफ्नै बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ

स्याङ्जा : आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाका ६० वर्षीय ससुरा पक्राउ परेका छन् ।

डर, धम्की दिँदै पटकपटक जबरजस्ती करणी गर्दे आएको भन्दै २१ वर्षीय बुहारीले दिएको उजूरीका आधारमा आरोपित ससुरालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

विगत ४ वर्षदेखि आफ्नै ससुराबाट प्रताडित भएको भन्ने उजूरीका आधारमा आरोपितलाई उनकै घरबाट पक्राउ गरेर जवरजस्ती करणी मुद्दा चलाइएको प्रहरीले जनाएको छ। आरोपितलाई शुक्रबार अदालतबाट ५ दिनको म्याद थप भएको छ।