जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जाको हरिनासमा कोदालो प्रहारबाट १४ वर्षीय किशोरको हत्या

जन्मभुमि खबर ,स्याङ्गजा ।  कोदालोले हिर्काएर शनिबार स्याङ्गजामा एक किशोरको हत्या भएको छ ।

जिल्लाको हरिनास गाउँपालिका वडा नं -५ आईडाँडा स्थित ३६ वर्षीय रेशम रानाको कोदालो प्रहारबाट १४ वर्षीय किशोर शेरबहादुर थापाको घटनास्थलमै मृत्यु भएको स्याङ्गजा प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले  जानकारी दिए ।

“घटनाको जानकारी लगत्तै ईलाका कार्यालय चिसापानीबाट इन्स्पेक्टर सहितको टोली घटनास्थल तर्फ जाँदै छ, अहिलेलाई अभियुक्त र मृतकको नाम मात्र खुलेको छ । विस्तृत विवरण प्रहरी पुगेपछि खुल्ला अधिकारीले भने ।”