जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङजामा लागूऔषधसहित १ जना पक्राउ

जन्मभूमि खबर  स्याङजा वालिङ नगरपालिका–९ निवासी २१ वर्षीय जितन कुँवर लागूऔषधसहित पक्राउ परेका छन् । आफ्नै मोटरसाइकलको ग्यारेजमा बिग्रिएर राखेको ग ४ प ८१७९ नं.को मोटरसाइकलको सिट मुनि लागूऔषध लुकाइछिपाई अवस्थामा प्रहरीले बुधबार पक्राउ परेका हुन् । कुँवरबाट फेनारेगन ११ एम्पुल, नोफिन ९ एम्पुल, डाईजोपाम १० एम्पुल र ३ थान सिरिन्ज बरामद गरेको स्याङजा प्रहरीले जनाएको छ ।