जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ सामान्य बढेको छ ।

सुनकाे भाउ आज तोलामा सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । अस्ति शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १३ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।