जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य ३०० रुपैयाँले वृद्धि

जन्मभुमि खबर, काठमाडौं :स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  छापावाला सुन प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ। शुक्रबार पहेँलो धातु प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएकामा आज ९४ हजार ३०० रुपैयाँ पुगेको छ। शुक्रबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भएकामा आज ९३ हजार ८०० रुपैयाँमा कारोवार भएको छ। यस्तै चाँदीको मूल्य भने स्थिर  छ। चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोवार भएको छ।