जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य फेरि ५०० ले बढ्यो

जन्मभुमि खबर । काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५०० ले बढेको छ। छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला ५०० ले वृद्धि भएर ९१ हजारमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ।
छापावाला सुन मङ्गलबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सोमबारको तुलनामा बुधबार आइपुग्दा प्रतितोला एक हजारले वृद्धि भएको हो । यस्तै तेजाबी सुनसमेत प्रतितोला ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन बुधबार भने ९० हजार ५५० मा कारोवार भएको छ ।
यस्तै चाँदी प्रतितोला एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ