जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य फेरि बढ्यो

जन्मभुमि खबर,काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। मंगलबार प्रतितोलामा ५०० रुपैयाँले बढेर तोलाको ९० हजार ५०० सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार प्रतितोला सुन ९० हजारमा कारोवार भएको थियो।  त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० तोकिएको महासङ्घले जनाएको छ  ।

तेजाबी सुन पनि प्रतितोला ५०० ले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला एक हजार १२० रुपैयाँमा कारोबार भएको चाँदी आज भने तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।