जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य तोलामा रु ८०० रुपैयाँले घट्यो

पोखरा । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघले बिहीबार चाँदीको मूल्य पनि घटेको जनाएको छ । बुधबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।