जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य घट्यो

जन्मभूमि खबर , पोखरा । नेपाली बजारमा सुनको मूल्य आज तोलामा दुई सयले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ९४ हजार ७०० कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलामा ९४ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने यथावत रहेको जनाइएको छ । आज पनि चाँदी प्रतितोला १ हजार २२० मा नै कारोबार भैरहेको महासंघले जनाएको छ ।