जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य घट्यो

काठमाडौं : लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा सोमबार पनि झिनो ह्रास देखिएको छ। स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको हो ।
प्रतितोला रु ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९१ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन आइतबार तोलामा रु ९१  हजार ३०० मा कारोवार भएकामा आजका लागि भने रु ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। चाँदी तोलामा रु एक हजार २३० मा कारोवार हुनेछ।