जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य एकैदिन १६ सयले बढ्यो

जन्मभुमि खबर,काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० ले वृद्धि भएको छ। बुधबारका तुलनामा बिहीबार छापावाला सुन प्रतितोला एक हजार ६०० ले वृद्धि भइ तोलाको ९२ हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतितोला ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन बिहीबार प्रतितोला ९२ हजार १५० मा खरीदबिक्री भइरहेको महासंघले जनाएको छ। यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । प्रतितोला एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी बिहीबार भने प्रतितोला  एक हजार २०५ मा खरीदबिक्री भइरहेको छ।