जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य एकैदिन ११ सयले बढ्यो

पोखरा । मंगलबार (आज) सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँ बढेको छ ।

मंगलबार सुन तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।