जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु १०० बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसैबीच मंगलबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२६० रुपैयाँमा कारोबार भएको छ ।