जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

साहित्य जगेर्ना उत्थान तथा बिकासका लागी जैमिनी साहित्यिक मञ्च

दिपेन्द्र परियार १८ पौस ०७७ । साहित्य जगेर्ना उत्थान तथा बिकास बिकासका लागी जैमिनी नगरपालिकामा नगर स्तरिय जैमिनी साहित्यिक मञ्च गठन गरिएको छ ।
साहित्यमा कलम चलाउदै आएका र साहित्य पर्ति रुचि राख्ने साहित्यकारहरुको भेलाले निर्मला सुवेदीको अध्यक्षतामा ११ सदस्यिय जैमिनी साहित्यिक मञ्च गठन गरेको हो ।
समितीको सचिवमा प्रेम थापा, कोषाध्यक्षमा शिलशिला क्षेत्री चयन हुनुभएको छ भने सदस्यहरुमा शालिकराम चालिसे, नबराज शर्मा, सन्तोष सापकोटा, कमल सुवेदी, इन्द्र प्रसाद शर्मा, बुद्धि प्रसाद सापकोटा, सुरेश पुन, लोकनाथ शर्मा रहनु भएको छ ।
त्यस्तै भेलाले ५ सदस्यि सल्लाहकार समिती र निर्मला सुवेदिको सं
योजकत्वमा ३ सदस्यिय मस्यौदा बिधान समिति गठन गरेको छ । सल्लाहकार समितीको सदस्यमा उमाकान्त सापकोटा,प्रेम प्रसाद शर्मा,झपिन्द्र क्षेत्री संगम क्षेत्री,नवीन प्रताप जि.सी रहनु भएको छ ।
मस्यौदा बिधान समितिको अन्य सदस्यमा प्रेम प्रसाद शर्मार झपिन्द्र क्षेत्री रहनुभएको छ । बुद्धि प्रसाद सापकोटाको अध्यक्षता, प्रेम थापाको सञ्चालनमा भेला सम्पन्न भएको निर्मला सुबेदिले जानकारी दिनुभयोे । उक्त अवसरमा सहित्यकार हरु उमाकान्त सापकोटा ,प्रेम थापा ,सालिकराम चालिसे झपिन्द्र क्षेत्री लगाएतले रचना वाचन गरेका सुबेदिले बताउनु भयो ।