जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘साईकल र वातावरण’ बिषयक निबन्ध लेखन प्रतियोगीता सम्पन्न । बिजेतालाई साईकल, हेल्मेट, ज्याकेट प्रदान ।

भरतपुर,  १६  माघ

साईकल  तथा  सरसफाई  अभियन्ता  रुक्मिनी  सापकोटाको  सहकार्य  एवं  स्मलहेभन मोडेल स्कुल साइकिलिङ क्लब र इन्ट्र्याक्ट क्लबको आयोजनामा स्मलहेभन मोडेल स्कुलमा निबन्ध प्रतियोगिता सम्पन्न भएको  छ । भरतपुर महानगरपालिकाकि  उपप्रमुख  पार्बती  शाहको प्रमुख आतिथ्यतामा  कार्यक्रम  सम्पन्न  भएको हो । उपप्रमुख शाहले प्रतियोगितामा बिजयी भएकाहरुलाई  पुरस्कार वितरण गर्नु भएको  थियो 

प्रतियोगितामा  प्रथम  हुने  बालकुमारी  बोर्डिङ  स्कुलकि  भुमि  कुमारी  गुप्ताले  साइकल,  हेल्मेट    ज्याकेट  दोस्रो  हुने  प्रेरणा  बोर्डिङ  स्कुलकिअन्जिला  काफ्लेले  साइकल  तथा  हेल्मेट  त्यस्तै  तेस्रो  हुनेअर्किड  स्कुलका  अभिमन्यु  जोशीले साइकल    हेल्मेट  प्राप्त  गरेका  छन् 

सान्त्वना  स्थान  हासिल  गरेका  लक्ष्मी  मा.  बि.  लंकूकि  रचना  अधिकारी,  अर्किड  स्कुलकाआसुतोशअधिकारीले  हेल्मेट    ज्याकेट  प्राप्त  गरेको  रुकमणि  सापकोटा  घिमिरेले  जानकारीदिनुभयो  उक्त  कार्यक्रममा  वडा  .   का  वडाअध्यक्ष  पुर्ण  बहादुर  श्रेष्ठ,  शिक्षक,  शिक्षिका, अभिभाबक    अन्य  बिशिस्ट  ब्यक्तिहरुको सहभागीता  रहेको  थियो   प्रतियोगिताको पुरस्कार  सौजन्य  जय  मॉ  सन्तोषि  सुनचादीपसल,  यामाहा  मोटर  साइकल,  लाइफलाइन  मेडिसिन,  राइडर्श  माउन्टेन  बाइक  स्टेसन  (ट्रेक  साइकलको  आधिकारिक  बिक्रेता),  panc बाइकले  गरेका  थिए