जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण

चितवन।

चितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार राति गरिएको परीक्षणमा २ महिलासहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले  जानकारी दिए । संक्रमित पुरुषहरु १९ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् भने महिलाहरु २८ र ३४ वर्ष उमेर समूहका छन् ।