जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सराङकोटमा घरभित्रै मृत भेटिइन् महिला

जन्मभुमि खबर  पोखराको सराङकोटमा सोमबार दिउसो एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा-१८ सराङकोट सिमताल स्थित कृष्ण जिसीको घरमा डेरामा बस्ने  ५५ वर्षीया मञ्जु राई मृत फेला परेको प्रहरीले जनाएको छ ।

ओखलढुंगा वंखु गाउँपालिका-६ घरभई पोखरामा ज्यामी काम गर्दै आएकी मञ्जु सोमबार दिउसो १२:१५ बजे  मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी राजेन्द्रवावु रेग्मीले जानकारी दिनुभयो ।

घटनाको बारेमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।