जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सत्याग्राही डा. के.सि र कुलमानको समर्थनमा पोखरामा आज दोश्रो दिन पनि धर्ना

कृष्ण बराल,पोखरा ।           सत्याग्राही डा.गोबिन्द के.सिको अनसन आज सातौ दिन, उहाँका मागहरु यथाशीघ्र पुरा गर्दै वहाँको जिवन रक्षाको र उज्यालो नेपालका नायक कुलमानको पुनन्युक्तीको माग सहित “जागौ पोखरा” अभियानले Solidarity for Dr. Govinda Kc Allaince र सार्बजनिक बौद्धिक मञ्च नेपालको पोखरा च्यापटर सङ सहकार्य गर्दै आज द्रोश्रो दिन पृथ्वीचोकमा अवस्थित पोखरा मल अगाडि फुट ट्याकमा, बिहान ११ देखि १२ बजे सम्म शान्तिपुर्ण धर्ना कार्यक्रम सप्पन्न गरेको छ । धर्ना कार्यक्रम डा.केसिका माग र कुलमान घिसिङलाई पुनन्युक्ती नगरे सम्म जारी राख्ने तथा सरकार यी मागमा गम्भीर नदेखिएको हुदा, अझै सशक्त कार्यक्रम गर्ने तयारी भैरहेको “जागौ पोखरा” अभियानका सुचना अधिकारी तथा प्रबक्ता कृष्ण बरालले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन खनाल, समाजवादी विद्यार्थी युनियनका प्रदेश संयोजक रेशम सापकोटा, सामाजिक अभियान्ता स्मृति बरालहरुले आफुहरु राजनीति भन्दा माथी उठेर डा. गोबिन्द के.सिका जायज माग पूरा गर्न र वहाँको जीवन रक्षा गर्नको लागि सडकमा आएको जनाउदै अन्तिम सम्म साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।