जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सचेतना नअपनाए पुन लकडाउन हुने। 

पोखरा ।                                                                       नेपाली जनताको जीवनरक्षा गर्नु सरकारको  प्राथमिकता भएको भन्दै सरकारले नागरिक सम्वेदनशील नभए पुन लकडाउन गर्नेवाहेकाकाे विकल्प नरहेकाे बताएकाे छ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषदको निर्णय सार्वजनिक  गर्दै  उक्त कुरा बताएका हुन। अहिले अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नभएको तर पनि  सरकारकाे आग्रहको अवज्ञा भए पुनः लकडाउन हुन सक्ने बताएका हुन्।

काठमाडौं उपत्यकामा जनताले कम सचेतना अपनाएको हुदाँ  ६० प्रतिशत बढी संक्रमित देखापर्न थालेको छ।त्यो अवस्था आउन नदिन  सचेतना अपनाउन अपिल गरे।

उनले संक्रमणको अवस्था जटिल बन्न नदिन चाडवाडको समयमा सचेत भएर सरकारलाई साथ दिन अनुरोध गरे। दसैँ, तिहार र छठजस्ता चाडपर्वहरूमा भिडभाड हुने र संक्रमण झन् बढ्ने खतरा हुने भन्दै उनले सचेत हुन सबैले ध्यान दिनुपर्ने बताए।