जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

श्री मिलन चण्डिकालिका कृषि सहकारी संस्था लिमिटेडामा क्या दिल बहादुर थापा

पोखरा ।
श्री मिलन चण्डिकालिका कृषि सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशनले पुन ३ बर्षका लागि क्या दिल बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सस्ंथाको उपध्यक्षमा गंगा देवि गुरुङ्ग ,सचिवमा कविराज पौडेल ,सह सचिवमा समन बहादुर गुरुङ्ग, कोषध्यक्षमा भक्त बहादुर गुरुङ्ग ,सदस्यहरुमा टिकाराम जैसि देवकोटा, सिता वि.क ,दुर्गा बन्धु पौडेल , देवराज सुनार ,भक्त बहादुर कार्की विष्णु कुमारी न्यौपाने (विन्दु),
संस्थाले लेखा समिति तर्फ सयोजकमा राम प्रसाद शर्मा सुवेदी ,सदस्यहरुमा मित्रलाल पोख्रेल ,सिता बराल , ऋण समिति तर्फ     सयोजकमा टिकाराम जैसि देवकोट ,सदस्यहरुमा सन्तोष पौडेल , मिना गुरुङ्ग, त्यस्तै शिक्षा उप समिति सयोजकमा बन्धुराज पौडेल ,सदस्यहरुमा नारायण पोख्रल ,शारदा गौतमा चयन भएका छन् ।                    कार्यक्रमका प्रमुख अथिति वयोबृद्ध तथा शेयर सदस्य प्रमाण गुरुङ्गले यस सहकारीले किसानको हक हित तथा कृषिमा अगाडि बढि नमुना काम गरेर देखाउन सकोस भने कुरा राख्नु भएको थियो ।वडा सदस्य राम बहादुर गुरुङ्ग (कमल)ले यस कृषि सहकारीलाई आफुले वडाबाट हुने हरेक प्रकारका सहयोग गर्न बताएका थिए ।
यस्तै संस्थाले असल बचत कर्ता मुवाँ वि.क तथा भक्त बहादुर कार्की र असल ऋणी तर्फ सिता वि.क र कुमारी गुरुङ्गलाई सम्मान गरेको थियो । कार्यक्रम संचालन सचिव कविराज पौडेलले गर्नु भएको थियो भने स्वागत सह सचिव भक्त बहादुर गुरुङ्ग तथा सहकारीका सात सद्धिन्त उपध्यक्ष गंगा देवि गुरुङ्गले वाचन गर्नु भएको थियो