जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शैक्षिक संस्था बन्द भएको अवधिको शुल्क नतिर्न अभिभावकलाई नेविसंघको आह्वान

हरि पन्त , काठमाडौ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अभिभावकहरुलाई शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क नतिर्न आह्वान गरेको छ ।

नेविसंघले सोमबार प्रेस विज्ञप्ति जारी गरेर अभिभावकहरुलाई शैक्षिक संस्था नखुलुञ्‍जेलको अवधि भरको कुनै पनि प्रकारको शुल्क नतिर्न आह्वान गरेको हो ।

शिक्षा मन्त्रालयले वैशाख २२ गते अर्को निर्णय नभएसम्म शैक्षिक संस्थाहरुलाई कुनै पनि तहको नयााँ भर्ना नगर्न निर्देशन दिएको अवस्थामा निजी तथा आवासीय विद्यालयहरुका छाता संगठनले विद्यार्थी भर्ना, अनलाइन पठनपाठनका नाममा शुल्कका लागि अभिभावकसँग माग गरेको प्रति पनि नेविसंघले आपत्ति जनाएको छ ।

“शिक्षा मन्त्रालयले विगत २०७७ वैशाख २२ मा मन्त्रीतस्तरमा निर्णय गरी नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि तह वा कक्षामा नयाँ भर्ना नगर्नु, नगराउनु र भर्नाका नाममा वा अनलाइन पठन पाठनबका नाममा कुनै पनि शुल्क लिने वा बैंक खातामा रकम जम्म गर्न लाउने कार्य नगर्नु भनेर प्रष्ट निर्देशन गरेको अवस्थामा प्याब्सन र एन प्याब्सनले कसरी यस्तो अपिल गरे ?,” नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्तिमार्फत प्रश्न गरेका छन् ।

प्याब्सन र एन. प्याब्सनसँग शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क लिने निर्णय फिर्ता लिन आग्रह गर्दागर्दै पनि शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क असुली गरे नेविसंघलाई मान्य नहुने महामन्त्री दीपक भट्टराईले बताए ।